९ चैत्र २०८२, सोमबार | March 23, 2026

आमा र काकाको हत्या अभियोगमा एकजना पक्राउ



झापा । झापामा आफ्नै आमा र काकाको खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्त बहादुर माझीको खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा झापा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चन्द्रले खुकुरी प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक अनुसन्धानको लागि चन्द्रका बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले फाउ परेकाहरुको म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २१ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा