२० आश्विन २०८३, मंगलबार | October 6, 2026

जन्म दिने आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा



दार्चुला । दार्चुलाको दुहु गाउँपालिका-३ मा आफ्नै आमाको हत्या अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहु गाँउपालिका-३ चौपाती बस्ने ५३ वर्षीय नर बहादुर बमलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बमले आफैलाई जन्म दिने ८२ वर्षीया आमा नारु देवी बमको हत्या गरेको प्रहरीले बताएको छ ।

घरयासी झगडामा बमको कुटपिटबाट आमाको मृत्यु भएपछि घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको प्रहरीले जनाएको छ । स्थानीयबासीले हत्या गरेर फालेको खबरका आधारमा स्थानीय प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : २० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११