४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा



बनेपा । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छिन् ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन । भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन ।

जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको