२० माघ २०८२, मंगलबार | February 4, 2026

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर, महोत्तरीमा बढ्यो विवाद



महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ । जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समबन्धित नेतालाइ पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

जिल्लामा पठाएका पत्रमध्ये महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पार्टीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् ।

क्षेत्र न।१ को क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाइ दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ ।

यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाइ दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।

त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाइ मनोनित गरिएको छ भने भानुभक्त पोखरेललाइ जनसांस्कृतिक महासंघ मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा र गुन्ज खडकालाइ सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।

प्रदेशवाट निर्णयभएसँगै शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एकरएक जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ११ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको