२७ भदौ २०८३, शनिबार | September 12, 2026

आइएमई काउन्टरमाबाट नगद र सुन लुटपाट गर्ने मध्य एकजना पक्राउ



ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको कन्चन मनि ट्रान्सफरबाट लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । लुटपाटमा संलग्न मध्य १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमईको अधिकृत एजेण्ट कन्चन मनि ट्रान्सफरबाट नगद ११ लाख ५५ हजार ८ सय रूपैयाँ र सुनका विभिन्न गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको पीडितपक्षबाट दाबी गरिएपनि प्रहरीले हराएको धनमालको विवरण सार्वजनिक गरेको छैन । प्रहरीले पक्राउ परेका एक जनाबाट ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको बताइएको छ ।

लुटपाटमा संलग्नहरुको खोजवीन र अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५५ हजार ८ सय रूपैयाँ नगद र ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको छ ।

आइएमई सेन्टरमा कसैले सुन धितोमा राखेको र उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको छ । आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए । लुटेराहरुले बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद र सुन लुटपाट गरेका थिए।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : १८ बजे

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

काठमाडौं । आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं