१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आइएमई काउन्टरमाबाट नगद र सुन लुटपाट गर्ने मध्य एकजना पक्राउ



ताप्लेजुङ । सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकको कन्चन मनि ट्रान्सफरबाट लुटपाट गर्नेमध्ये एक जना पक्राउ परेका छन् । लुटपाटमा संलग्न मध्य १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ः३० बजे वीरेन्द्र चोकमा रहेको आइएमईको अधिकृत एजेण्ट कन्चन मनि ट्रान्सफरबाट नगद ११ लाख ५५ हजार ८ सय रूपैयाँ र सुनका विभिन्न गरगहना लुटिएको थियो । नगद र गरगहना गरी करिब ९ करोड मूल्य बराबरको लुटपाट भएको पीडितपक्षबाट दाबी गरिएपनि प्रहरीले हराएको धनमालको विवरण सार्वजनिक गरेको छैन । प्रहरीले पक्राउ परेका एक जनाबाट ६ लाख नगद र ठुलो परिमाणको सुन बरामद गरेको बताइएको छ ।

लुटपाटमा संलग्नहरुको खोजवीन र अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । चार जनाको समूहमा आएका लुटेराहरूले ११ लाख ५५ हजार ८ सय रूपैयाँ नगद र ठुलो मात्रामा सुन लुटेर लगेको बताइएको छ ।

आइएमई सेन्टरमा कसैले सुन धितोमा राखेको र उक्त सुन लिन आइतबारदेखि नै सम्पर्क गरेको पाइएको छ । आइएमईका सञ्चालक अमरकुमार श्रेष्ठ र मैया श्रेष्ठ देश बाहिर रहेको बेला कर्मचारीले आइएमई सञ्चालन गरिरहेका थिए । लुटेराहरुले बिहानै कर्मचारीलाई नियन्त्रणमा लिएर नगद र सुन लुटपाट गरेका थिए।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : १८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग