७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आज भक्तपुरमा खम्ये जात्रा, रक्सी खुवाएर छाडा छाडिने राँगो हेर्न हजारौंको उपस्थिती हुने



भक्तपुर । भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँंझ यहाँं खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दसैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दसंैको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँंगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरु नेपाल भाषामा खम्ये जात्रा भन्दछन् ।

प्रत्येक वर्ष दसैंमा राष्टपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें ९देवता घर०मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ । केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँंगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरुको हुल बाटोभरि लाग्छ । भक्तपुर नगरपालिका ९( गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका ८ ब्रम्हायण मन्दिरमा पुयाएपछि जात्रा अन्त हुन्छ ।

विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँं बली दिइन्छ ।

नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।

यसअघि राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ । राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको वीचमा देवता घर भित्राइन्छ । भित्राइएको राँंगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँंगो किनेर हालिदिन वर्षौ लामो कुर्नुपर्ने हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।

भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् ।

इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैंमा हुने विविन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँंछन् । जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाई छ । दसैंको क्रममा सवैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ४३ बजे

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज