२९ पुस २०८२, मंगलबार | January 13, 2026

राष्ट्रपति भण्डारीद्वारा बडादशैँको शुभकामना व्यक्त, राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादशैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा बडादशैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकी हुन ।

सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादशैँ पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।

“घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ-रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ” सन्देशमा भनिएको छ, “बडादशैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादशैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।”

नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दशैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : ४४ बजे

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा

दुई करोडभन्दा बढी मूल्यका भेपसहित मुस्ताङमा कन्टेनर चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका इलेक्ट्रिक