२२ भदौ २०८३, सोमबार | September 7, 2026

दुई करोडभन्दा बढी मूल्यका भेपसहित मुस्ताङमा कन्टेनर चालक पक्राउ



काठमाडौं । सशस्त्र प्रहरीले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार मुस्ताङको लोमन्थाङ गाउँपालिका-४, नेचुङ क्षेत्रमा अवैध रूपमा भेप ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-५ घर भएका ३२ वर्षीय पेमा लामालाई दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोटसहित नियन्त्रणमा लिइएको हो । लामा ना ६ ख ७५९१ नम्बरको कन्टेनरका चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनअघि चीनबाट अवैध रूपमा ल्याइएका इलेक्ट्रिक चुरोट कोरोला नाकाअगाडि उक्त कन्टेनरमा लोड गरी राखिएको अवस्थामा फेला परेको थियो । कन्टेनरभित्र ८० कार्टुन इलेक्ट्रिक चुरोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सबै इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका लामा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको सहप्रवक्ता थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले कन्टेनर बिग्रिएको अवस्थामा रहेको र त्यसमा रहेको टिस्यु तथा ट्वाइलेट पेपर भने सोही स्थानमै भन्सार कार्यालयको सिलबन्दीमा राखिएको जनाएको छ । अवैध रूपमा भन्सार छल्ने प्रयास भएको आशंकामा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ०८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त