२९ पुस २०८२, मंगलबार | January 13, 2026

आजको मौसम : देशभर बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार बुधबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी तथा मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

राति प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ४० बजे

विशेष महाधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया सुरु गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया

विप्लव नेकपा माओवादीका केन्द्रीय प्रशिक्षक सुवेदी प्रचण्ड नेकपामा प्रवेश

काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टी परित्याग गरी सो

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति, २ः३० बजे पुनः वार्ता

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा