१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विशेष महाधिवेशन स्थलमा नाराबाजी, निर्वाचन प्रक्रिया सुरु गर्न माग



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै नाराबाजी भएको छ । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया सुरु गर्न र महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै सुरु गरेको नाराबाजीमा अन्य प्रदेशका प्रतिनिधिहरुले पनि ताली बजाएर समर्थन गरेका छन् ।

संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिएका हुन् । महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न माग गरिरहेका छन् ।

विशेष महाधिवेशन पक्षधर र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच वार्ता भइरहेका कारण विशेष महाधिवेशनमा नेतृत्व चयनमा आलटाल भइरहेको छ। पहिलो चरणको वार्तामा सहमति जुट्न नसकेपछि पुन्ः वार्ताको प्रयास भइरहेको बताइएको छ ।

बिहान भएको वर्तामा उठेका विषयमा छलफल गर्न अहिले शेखर कोइराला तर्फका वार्ता टोली र सभापति शेरबहादुर समुहका वार्ता टोली सभापति देउवासँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : २४ बजे

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना