२५ श्रावण २०८३, सोमबार | August 10, 2026

राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई टीका, विशिष्ठ र सर्बसाधारणको वर्ग विभाजन गर्दै राष्ट्रपतिबाट टिका प्रदान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिएकी छिन् ।

गणतन्त्र घोषणा भएको १५ वर्ष पुगि सक्दा पनि नेपालमा राजतन्त्रात्मक शैलीमा सर्वसाधारणलाई टिका लगाइदिने कार्य जारी छ । यस वर्ष राष्ट्रपति भण्डारीले आफुले टिका लगाइदिनेहरुको वर्ग विभाजन गर्दै दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् ।

सत्ता शक्ति र पावरको चाकडी गर्ने परम्परालाई कायम राख्दै राष्ट्रपतिसँग टिका लगाउन राष्ट्रसेवक कर्मचारी, सेना प्रहरीका उच्च अधिकारी सहितको लावा लस्कर सितल निवास पुगेको थिए । टीका लगाउनको लागि सर्वसाधारण विशेष गरि एमाले समर्थकहरु राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।

यस अघि आजै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्ना समर्थक र सुभेच्छुकहरुलाई दसैंको टिका लगाइदिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ४१ बजे

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा