७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई टीका, विशिष्ठ र सर्बसाधारणको वर्ग विभाजन गर्दै राष्ट्रपतिबाट टिका प्रदान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिएकी छिन् ।

गणतन्त्र घोषणा भएको १५ वर्ष पुगि सक्दा पनि नेपालमा राजतन्त्रात्मक शैलीमा सर्वसाधारणलाई टिका लगाइदिने कार्य जारी छ । यस वर्ष राष्ट्रपति भण्डारीले आफुले टिका लगाइदिनेहरुको वर्ग विभाजन गर्दै दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् ।

सत्ता शक्ति र पावरको चाकडी गर्ने परम्परालाई कायम राख्दै राष्ट्रपतिसँग टिका लगाउन राष्ट्रसेवक कर्मचारी, सेना प्रहरीका उच्च अधिकारी सहितको लावा लस्कर सितल निवास पुगेको थिए । टीका लगाउनको लागि सर्वसाधारण विशेष गरि एमाले समर्थकहरु राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।

यस अघि आजै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्ना समर्थक र सुभेच्छुकहरुलाई दसैंको टिका लगाइदिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ४१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा