२० माघ २०८२, मंगलबार | February 4, 2026

राप्ती नदी बढेर खतराको चिन्ह पार, तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह



नेपालगन्ज । अबिरल वर्षापछि बढेको राप्ती नदिको बहावले खतराको चिन्ह पार गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज साँझ एक सूचना प्रकाशित गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

राप्ती नदिको सतह साँझ ५ः३० बजेको समयमा बढेर ६.४५ मिटर पुगेको भन्दै तटीय क्षेत्रका स्थानीयलाई नदिको किनारमा नजान, अग्लो भूभाग तर्फ बस्न र सूचनाको लगातार जानकारी लिन समितिले आग्रह गरेको हो । राप्ती नदिको सतह मापनको मापदण्ढ अनुसार ५ मिटरदेखि माथिको बहावलाई सतर्कता र ५.४ मिटर देखि माथिको अवस्थालाई खतराको चिन्हकारुपमा हेर्ने गरिन्छ ।

विपद व्यवस्थापन समितिले तटीय क्षेत्रमा दाउरा छोप्न जाने, माछा मार्ने, नुहाउने जस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । समितिले विपदमा उद्दार गर्ने टोलि समेत तयारी अवस्थामा राखेको समेत जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : २६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको