७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

ठेक्का नलागेको क्षेत्रबाट राप्ती दोहन गरिएपछि राप्ती बगरमा झडप



दाङ , राप्ती नदीबाट नदीजन्य पदार्थ निकाल्ने र निकाल्न नहुने बीच झडप हुंदा उत्खनन्मा प्रयोग भएको स्काइभेटरमा सामान्य क्षेl तपुगेको छ भने ठेकेदार कम्पनिका कामदारहरु काम छाडेर भागेकाछन् ।

राप्ती नदीमा जथाभावी रुपमा नदीजन्य सामग्रीको उत्खनन् गरेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएपछि दाङको गढवा, भालुवाङ क्षेत्रमा झडप भएको छ । राप्ती बचाउ संघर्ष समितीको नाममा नदी उत्खनन्मा अवरोध गरेपछि ठेकेदार कम्पनिले पनि आफ्ना समर्थकहरुलाई प्रतिकारमा उतारेपछि झडप भएको बताईएको छ ।

संघर्ष समितीले चुरे संरक्षण र स्थानीय सिंचाई र गांउ बचाउनकालागि नदी उत्खनन् रोक्नुको बिकल्प नरहेको बताउंदै आएको छ । ८२ करोडको बैदेशीक सहयोगमा सचालन रहेको सिंचाई परियोजनाको मुहानलाई नकारात्मक असर पुग्ने गरि उत्खनन् भएको राप्ती बचाउ संघर्ष समितीका संयोजक टोप बहादुर कार्की बताउंछन् । कार्कीले ठेकेदार कम्पनीले गुण्डागर्दी गर्दै अनुमती दिएको भन्दा बढी नदीजन्य सामाग्री उठाएको आरोप लगाए । गांउपालीकाहरु ठेकेदारबाट प्रभावित भएको आरोप लगाउंदै संयोजक कार्कीले चुरे संरक्षण र बिपत ब्यवस्थापन गर्न बाहेक अन्यबेलामा खोलामा स्काइभेटर चलाउन नदिने संघिय सरकारको निर्णय बिपरित स्थानीय पालिकाहरुले ठेक्का लगाएको बताउंछन् । नदी उत्खनन्ले बसन्तपुर सिंचाईको मुहान माथि परेको मात्र नभई नदी आसपासका गांउहरु जोखिममा परेको कार्कीको भनाई छ ।

राप्ती गांउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी भने राप्ती बचाउ संघर्ष समितीको अस्तित्व समेत स्विकार गर्न तयार देखिंदैनन् । अनाधिकृतरुपमा समिति गठन गरि बिकास निर्माणको काममा अवरोध पु¥याएको सुबेदीको आरोप छ । वाताबरणीय प्रभाव मुल्यांकन गरि रेखा कोरेर दिईएको ठेक्कामा अवरोध गर्नुको कारण आफुले नदेखेको अध्यक्ष सुबेदीको भनाई छ । ठेकेदार कम्पनीसंगको म्याद सकिन थालेको र बर्षायाम सुरु हुन थालेकाले कम्पनीले बढी स्काइभेटर प्रयोग गरि काम पुरा गर्न खोजेको स्विकार गर्दै उनले राप्ती नदीमा स्काइभेटर संचालन गर्न दिनु उपयुक्त भएको दाबी गरे ।

गढवा गाउँपालिका वडा नं. १ मलमलामा स्काइभेटर प्रयोग गरी ठूला खाडल पारेर नदीजन्य सामग्री उत्खनन् गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीका बासिन्दा नदी उत्खनन्को बिरोधमा उत्रिएका छन् ।

‘अनाधिकृत उत्खननले नदीको सतह गहिरिन थाल्यो । कुलाहरुमा पानी चढ्दैन् ।’ राप्ती नदी बचाउ तथा संरक्षण समितिका अध्यक्ष कार्कीले भने, क्रसर उद्योग र ठेकेदारले गर्दा ४, ५ गांउ नै जोखिममा परेको उनको भनाई छ ।

राप्ती नदी भालुबाङको पुल नजिक नदी गहिरिएपछि प्रगन्ना सिंचाइ आयोजनाका १, २ र ३ नम्बर इन्टेकमा नहरको सतह माथि हुन गई पानी नचढने अवस्था आएपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनकारीको भनाई छ ।

लमही नगरपालिकाको ठेक्कामा पनि गढवा गांउपालिकामा ठेकेदार कम्पनीले उत्खनन् गरेको भनेर केहि दिन अघि बिबाद समेत भएको थियो । त्यस सम्बन्धमा बुझ्न खोज्दा गढवा गांउपालिकाका अध्यक्ष सहजराम यादवको मोबाईलमा सम्पर्क हुन सकेन ।

ठेक्का नलागेको स्थानमा समेत ठेकेदारले स्काइभेटर चलाएपछि दाङका सांसद इन्द्रजित थारु आफै पुगेर काम समेत रोकाएका थिए । तर उनले काम रोकाएर जिल्ला नपुग्दै पुनः उत्खनन् सुरु भएको संघर्ष समितिको गुनासो छ । ठेकेदारले प्रतिकारका लागि ल्याएका युवाहरु र स्थानीय बिच झडप हुंदा स्काइभेटरमा सामान्य क्षेती पुगेपनि ठेकेदारले संघर्ष समितीका पदाधिकारीका बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

गढवा प्रहरी कार्यालयका ईन्चार्ज भरतसिंह राठौरले झडपमा स्काइभेटरमा क्षेती पुगेको बताए । उनले आपसी समझदारीमा कानुनसम्मत हुने दिनेगरि मिलाउने प्रयास भै रहेको पनि जानकारी दिए ।

सदरमुकाम देखि टाढा र नियमित अनुगमन नहुंदा ठेक्का नलागेका स्थानमा समेत ठेकेदारले नदीजन्य सामाग्री निकाल्ने काम गर्दा चुरेको बिनास हुनुका साथै स्थानीय बस्तीहरु जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ९ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल