९ पुस २०८२, बुधबार | December 24, 2025

भौतिक पूर्वाधार तथा यातायात मन्त्री राई बाढीग्रस्त क्षेत्रमा, क्षति रोक्न र उद्दारकार्यमा लाग्न सुरक्षा अधिकारीहरूलाई निर्देशन



नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको क्षति र बाढीको प्रभावको अवस्थाबारे जानकारी लिएका हुन् ।

डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुगेका थिए । मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिए।

उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ३ : ५८ बजे

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार