११ असार २०८३, बिहिबार | June 26, 2026

जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्।

यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ।

मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम तयारीमा जुटेका राईले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी भएर आफ्ना प्रतिनिधि छान्ने मौलिक अधिकार प्रयोग गर्न पनि अपिल गरे ।

‘आफूले चुनेका उम्मेदवारहरू यो देशका सांसद वा मन्त्रीमात्रै हुँदैनन्। आफ्नो क्षेत्रका विकास र समृद्धिका भविष्य पनि हुन्। कस्ता उम्मेदवार चुन्ने, कस्ता प्रतिनिधि छान्ने रु हरेक नागरिको त्यो छनोटले आफ्नो क्षेत्रको भविष्य पनि संकेत गरिरहेको हुन्छ’ चुनावको स्थिर अवधि सुरू हुनुअघि मतदातालाई सम्बोधन गर्दै राईले भनेका छन् ‘त्यही अधिकारको प्रयोग गर्नुस्। तपाईं हाम्रो हरेक मतमा यो क्षेत्रको मात्रै होइन, हाम्रो मात्रै होइन, हाम्रो पुस्ताको समेत भविष्यण कोरिन्छ। यो देशको भविष्य कोरिएको हुन्छ। त्यसैले मंसिर ४ गते मताधिकार प्राप्त सबैजनाले विवेकपूर्ण मतदान गरौं।’

‘मैले सदैव यहाँको विकास(निर्माण र सेवा प्राप्तिको चाहनालाई आत्मसात गर्दै आफ्नो तर्फबाट सम्भव भएसम्मका काम गरिरहेको विषयमा यहाँहरू सबै हुनुहुन्छ। बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं। २ का मतदाताले २०७४ सालको आम निर्वाचनमा विजयी गराएर जताउनुभएको विश्वास कायमै राख्न म निरन्तर प्रयत्नरत रहें’ उनले भनेका छन् ‘मैले गरेका कामहरूका आधारमा यहाँहरूले मेरो पछिल्लो कार्यकालको विश्लेषण र मूल्यांकन गर्नु नै भएको छ। मैले आगामी ५ वर्षमा ल्याउने कार्यक्रम र नीति समेटिएको ‘१० दृष्टि’ मार्फत यस क्षेत्रका लागि हाम्रो भावि योजनाबारे पनि प्रष्ट्याइसकेको छु। जसलाई यहाँहरूले अत्यन्तै मनपराई दिनुभएको र विश्वास गरिदिनुभएकोमा आभार पनि व्यक्त गर्दछु।’

पदमा रहे पनि नरहे पनि यो क्षेत्रको विकास र नागरिकको सुख, दुस्खमा आफू सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै राईले प्राप्त उपलब्धीहरूलाई जोगाउनका लागि आफू जुनसुकै ठाउँबाट जीवनभरि लडिरहने पनि राईले बताएका छन्।

उनले विकास विरोधी र यो क्षेत्रको समाजिक सद्भाव भत्काउने प्रयासलाई विफल पार्नका लागि मंसिर ४ गते उनीहरूलाई त्यही मतपत्रबाट जवाफ दिन पनि मतदातालाई अपिल गरेका छन्।

विकास, समृद्धि र समाजिक सद्भावको चाहनासँग आफू सधैं सन्निकट रहिरहने भन्दै उम्मेदवार राईले जनताको यो उत्साह अनि सपनाहरूले कहिल्यै हार्नु नपर्ने बताए। जनताको यही शक्तिलाई आफ्नो जितका रूपमा लिएको भन्दै उनले फेरि एकपटक यही हिम्मतका साथ चुनावी मैदानमा उत्रिएको पनि बताएका छन्।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ५१ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा