२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँके-२ को विकासका लागि यस्ता छन् इश्तियाक राईका ‘दश दृष्टि’(पूर्ण पाठसहित)



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन मार्फत उम्मेदवार राईले आफ्नो ‘दश दृष्टि’ सार्वजनिक गरेका हुन् । आफ्नो दृष्टिबारे राईले बुधबार नेपालगन्जमा पत्रकारहरूसँग साक्षात्कार पनि गरेका थिए।

बाँके क्षेत्र नं २ को समग्र विकास र नागरिकको समृद्धिका लागि उनले विभिन्न दश क्षेत्रमा गर्ने सामाजिक र अरू विकासका योजनाहरू समेटेका छन्। विभिन्न दश बुँदामा समेटिएका उनको क्षेत्रगत विकासका दृष्टिहरूमा यहाँको स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, युवा, खेलकुद, सामाजिक सुरक्षा, महिलालगायतका विषयहरू समेटिएका छन्।

पत्रकारहरूसँगको साक्षात्कारमा उनले आफूले यो क्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको र अझ उन्नत विकासका लागि थप योजनाहरू ल्याएको बताए। ‘हामीले काम गर्नसक्छौं, गरिरहेका पनि छौं’ उनले भने ‘काम गरिरहेको र गर्नसक्नेव्यक्तिलाई भोट दिनुस् भनेका छौं।’ मतदातालाई रिझाउनका लागि आफूहरूले कुनै पनि झुटा योजना र सपनाहरू नबाँडेको पनि उनले बताए।

‘बरू हाम्रा विरूद्ध विपक्षी मित्रहरूले अफवाहरू फैलाइरहनुभएको छ। उहाँहरूले हामीलाई एकोहोरो भ्रष्टाचार गरेको भनेर भ्रमहरू फिँजाइरहनुभएको छ। कसले काम गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुरामा त जनता प्रस्टै छन्। मैले कहिँकतै भ्रष्टाचार गरेको छु भने त्यसको प्रमाण दिनुस् म सजया भोग्न तयार छु भनेर त मैले भनिरहेकै छु।’ उनले भने ।

अन्य निर्वाचन क्षेत्रमा गठबन्धन सहित चुनावी प्रतिस्पर्धा भएपनि बाँके २ मा एमाले राप्रपा गठबन्धन बाहेक सबै पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ५० बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा