२९ पुस २०८२, मंगलबार | January 13, 2026

कैलालीमा भारी बर्षा, अधिकास स्थान जलमग्न



धनगढी । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ ।

बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । बर्षाका कारण दशैको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्षाका कारण हाल सम्म कुनै क्षेतिको विवरण भने आएको छैन । ‘अहिले सम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’

जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेस गरेको छ । जस्का कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांस क्षेत्रमा भारी बर्षाको सम्भावना रहेको छ ।

बिहीबार राती देखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ६ : १२ बजे

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन

दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारी छिटो गर्न मुख्यमन्त्रीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले