२० माघ २०८२, मंगलबार | February 3, 2026

रुपन्देही २ र ३ मा तोकियो उम्मेदवारी दर्ता गर्ने समय, यसरी गर्नेछन् दलहरुले मनोनयन दर्ता



बुटवल । लुम्बिनी प्रदेशमा चर्चामा रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा दलहरुले उम्मेदवारी मनोनयनको छुट्टाछुट्टै समय निर्धारण गरेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल चुनावी भिडन्तमा खडा हुने क्षेत्र नम्बर २ र गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण चुनाव लड्ने क्षेत्र नम्बर ३ मा सर्वदलिय बैठक बसेर उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

सर्वदलिय बैठकले सबैभन्दा पहिले राप्रपालाई उम्मेदवारी दर्ता गर्ने समय दिएकाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा एमाले राप्रपा गठबन्धनबाट दिपक बोहोराको मनोनयन सबैभन्दा पहिले दर्ता हुने छ । सो दललाई १०ः३० बजे समय दिइएकोमा एमाले राप्रपा गठबन्धनले सोही अनुसार तयारी गरेको जनाएका छन् । बोहोराले भैरहवा स्थित क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने छन् ।

त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले ११ः३० बजे भैरहवाको गल्लामण्डी स्थित सम्पर्क कार्यालयमा भेला भएका कार्यकर्ताहरु सहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ मा जाने छन् । आयोगले २५ जना भन्दा बढी जुलुस लिएर हिँड्न नपाउने आचारसंहिता जारी गरेपनि गृहमन्त्रीको सचिवालयले कार्यकर्ताहरुलाई दलबलका साथ झण्डा लिएर सम्पर्क कार्यालयमा भेला हुन आह्वान गरेको छ ।

उता एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रचार सचिवालयले पनि कार्यकर्ताहरुलाई बुटवलको गोलपार्कमा भेला हुन निर्देशन गरेको छ । १ बजेका लागि समय निर्धारण भएकोमा १२ बजे गोलपार्कबाट जुलुस सहित बुटवल उपमहानगरको भवनमा रहेको अधिकृत कार्यालयमा पौडेलले उम्मेदवारी दर्ता गर्ने छन् ।

पौडेलको प्रतिस्पर्धामा सत्ता गठबन्धनबाट टिकट पाएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको मनोनयन दिनको २ बजे दर्ता हुने छ । गुरुङको प्रचार समितिले १ बजे बिपी चोकमा कार्यकर्ताहरुलाई डाकेको छ । बिपीचोकबाट जुलुस सहित गुरुङ उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने छन् ।

उम्मेदवारी दर्ता शान्तिपूर्ण र सहज बनाउन निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर समय तोक्ने प्रयास गरेपनि दलहरुबीच हुँदै गरेको गठबन्धन र उम्मेदवारको टुंगो नलागेकाले निर्धारित समयमा फेरबदल हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । कतिपय उम्मेदवारहरु साईत हेराएर दर्ता गर्न आउने सुनिएकाले पनि समयमा केही फेरबदल हुन सक्ने उनले बताए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ३४ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र