३१ भदौ २०८३, बुधबार | September 16, 2026

रुपन्देहीमा आज शोक बिदा



बुटवल । रुपन्देही जिल्लामा आज एक दिन शोक बिदा दिइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको असामयिक निधनप्रति सम्मान व्यक्त गर्दै जिल्ला समन्वय समिति रुपन्देहीले शोक बिदाको घोषणा गरेको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोवीद्वारा जारी सूचनामा आज जिल्लाभरिका सबै स्थानीय तहका कार्यालय, शैक्षिक संस्था, संघ-संस्था तथा गैरसरकारी कार्यालयहरूमा शोक बिदा दिने उल्लेख छ । साथै, दिवंगत नगर प्रमुखप्रति सम्मान स्वरूप सबै स्थानीय तह र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको छ ।

शनिबार बिहान हृदयघातका कारण नगर प्रमुख मुसलमानको निधन भएको थियो । लामो समयदेखि स्थानीय राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका मुसलमान लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिन्थे । उनको निधनले रुपन्देही मात्र नभई समग्र लुम्बिनी प्रदेश नै स्तब्ध भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ८ : १८ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०