७ पुस २०८२, सोमबार | December 22, 2025

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई



सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ । प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उसले मोरंग टिमलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट्मा धनुषा २२ काविरुद्ध २५, दोस्रो सेटमा मोरङ २१ काविरुद्ध २५, तेस्रो सेटमा धनुषा २१ काविरुद्ध २५, चौथो सेटमा मोरङ २१ काविरुद्ध २५ तथा अन्तिम तथा पाचौं सेट्मा १४ काविरुद्ध १६ अंक जोडे ।

उपाधि जितेसँगै धनुषा टिमले नगद रू १ लाख नगदसहित ट्रफी हात पारेको छ । यस्तै दोस्रो भएको मोरंग टिम नगद रू ५१ हजार र ट्रफी हात पारे ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले विजेता तथा उप विजेता टोलीलाई नगद पुरस्कार,कप तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवले युवालाई कुलतबाट बचाउन खेलकुदमा आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा विद्यालयले खेलकुद गतिविधि बन्द गर्दा बालबालिका पनि कुलतको बाटोमा फसिरहेको भन्दै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादव, वडा नम्बर २ का अध्यक्ष सिकिन्दर साह, वडा नम्बर ३ का अध्यक्ष विजय यादव, वडा नम्बर ७ का अध्यक्ष अच्छेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरिका १० जिल्लाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ४० बजे

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका