८ पुस २०८२, मंगलबार | December 24, 2025

बाँके १ बाट खेलकुद मन्त्री गहतराजले गराए उम्मेदवारी दर्ता



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय अगैयामा ३ बजे पुगेका मन्त्री अथकसहित सत्ता गठबन्धनका उम्मेदवारहरुले ४ः३० बजे उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको संसदीय निर्वाचनमा अथक सोही निर्वाचन क्षेत्रबाट बिजयी भएका थिए ।

उम्मेदवारी दर्ता गर्ने क्रममा सम्बोधन गर्दै मन्त्री अथकले सांसद र मन्त्री हुँदा आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिएको र सबै दल तथा जनप्रतिनिधीसँग सहकार्य गरेर काम गरेको स्मरण गराए । उनले अघिल्लो कार्यकालमा सुरु भएका अधिकाशं योजनाहरु सम्पन्न् भएपनि बाँकी रहेका कतिपय योजनालाई पूर्णता दिनकैलागि आफुले पुन एक पटक उम्मेदवारी दिएको बताए ।

यस्तै बाँके क्षेत्र नं. १ को प्रदेश सभा (क) तर्फ माओवादी केन्द्रकी कृष्णा केसी नमुना र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका फुलाराम थारुले उम्मेदवारी दर्ता गराएका छन । माओवादी नेतृ केसी पनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ०६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना