१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

एमालेमा आन्तरिक असन्तुष्टि बढ्दै



काठमाडौं । चुनाव नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ । एमाले-जसपा-राप्रपासहित अन्य साना दलहरू गठबन्धन गरेर चुनाव जाने सहमतिअनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरूमा आन्तरिक असमझदारी बढेको हो ।

गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरूलाई टिकटबाट वञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि चुलिएको छ ।

एमालेबाट टिकट नपाएपछि नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए पनि आफूले पार्टी नछाडेको दाबी गर्दै उनले भने, ‘मैले बनाएको पार्टी हो एमाले, म छाड्दिनँ ।’ उनले जनताले आफूलाई समर्थन गर्ने र पार्टीले उम्मेदवार बनाएका श्याम घिमिरेलाई छाड्न लगाउने संकेत गर्दै उनले भने- ‘पार्टीले टिकट दिएका उम्मेदवारले जनताको दबाबमा उम्मेदवारी फिर्ता लिने समय बाँकी छ ।’

त्यस्तै, अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा एमालेका अध्यक्ष ओलीविरुद्ध नाराबाजी भएको थियो । नाराबाजी गर्नेहरूले कालो झण्डा पनि देखाएका छन् । अछाम-१ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भए तापनि ओलीले बोहोरालाई टिकट दिएका हुन । रावलले टिकट नपाएपछि एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

त्यस्तै, पार्टीले टिकट नदिएपछि एमाले नेता घनश्याम भुसालले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । शनिबार एमाले परित्याग गरेको घोषणा गरेका भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका हुन । उनलाई सत्ता गठबन्धनको घटक नेकपा माओवादीले समर्थन गर्ने आश्वासन दिएको छ ।

यसैबीच मकवानपुरमा एमाले नेता तथा कार्यकर्ताले हेटौंडा-५ मा रहेको पार्टी कार्यालयमा आइतबार दिउँसो ताला लगाएका छन् । मकवानपुर क्षेत्र नम्बर-१ मा रामेश्वर रानालाई हटाएर ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएपछि रुष्ट बनेका नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । पार्टी कार्यालयमा उपस्थित युवा कार्यकर्ता आक्रोशित बन्दै कमल थापालाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताएका छन् ।

त्यस्तै, एमालेका पूर्वमन्त्री प्रभु साहले पार्टीले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन । जसपासँग तालमेल गरेसँगै रुष्ट बनेका साहले रौतहटको क्षेत्र नम्बर-३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । जसपाले पाएको सबै क्षेत्रमा उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । एमालेले एक्लै देश बनाउँछ, भागबण्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेस जसपालाई जिम्मा लगाउने काम गरेको उनको गुनासो छ । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ४८ बजे

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला

धादिङ दुर्घटनाका घाइतेको उद्धारमा खटिने थपलिया सम्मानित

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा केही दिनअघि भएको

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार