८ पुस २०८२, मंगलबार | December 24, 2025

उम्मेदवारी दर्ता पछि बाँकेमा पार्टी त्याग्ने क्रमले पायो तिब्रता



नेपालगन्ज । बाँकेमा उम्मेदवारी दर्ता सकिएसँगै माओवादी केन्द्र र नेकपा एमालेमा पार्टि छाड्नेहरुको लहर चलेको छ । बाँके ३ वटै क्षेत्रमा माओवादी केन्द्र र एमालेमा असन्तुष्टिहरु देखिन थालेका छन् ।

बाँके क्षेत्र नम्बर १ र २ बाट माओवादी केन्द्रका प्रदेश देखि केन्द्र सम्मका स्थानीय नेताहरुले पार्टी परित्याग गर्दै अन्य पार्टीबाट उम्मेदवार बन्ने देखि स्वतन्त्र बस्ने जस्ता घोषणा गरिँदै छ भने क्षेत्र नम्बर ३ मा एमालेबाट ठुलो संख्यामा एमाले परित्याग गरेको खबर आइरहेका छन् ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अमर खड्का पार्टी त्यागेर जसपाबाट प्रदेशका उम्मेदवार बन्न पुगेका छन् भने प्रदेश २ मा अर्का प्रदेश कमिटी सदस्य आदेश अग्रवाल जसपाबाट चुनाव लड्दैछन् । माओवादीका केन्द्रीय सदस्य एवं मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सम्म पुगेका अतहर हुसेन फारुकीले पनि पार्टी त्यागेको घोषणा गरेका छन् । उनीसँगै बाबु हलवाई, जुनैद कुरैसी सहित दर्जन बढी माओवादीका स्थानीय नेताहरुले पार्टि परित्याग गरेको जनाएका छन् ।

क्षेत्र नम्बर ३ मा उम्मेदवारीबाट असन्तुष्ट नेता पदमबहादुर धिताल सहित कम्तीमा ३० बढी एमाले कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीसँगै क्षेत्र नम्बर ३ जानकी गाँउपालिकाको गाँउ कमिटीका अध्यक्ष खिमप्रकाश विष्ट, उपाध्यक्ष रामनरेश मौर्य, सचिव राजितराम अहिर, सहसचिव द्वय कृष्ण शर्मा र अशोक राना सहित अधिकांस गाँउ कमिटीका सदस्यहरुले एमालेबाट राजीनामा दिएका छन् ।

क्षेत्र नम्बर १ र २ बाट माओवादी त्यागेका नेताहरुले जसपालाई सघाउने भए पनि क्षेत्र नम्बर ३ मा एमाले छाडेकाहरुले भने निर्वाचनमा कस्लाई सघाउने भन्ने विषयमा खुलाएका छैनन् । उता बाँकेबाट प्रदेशसभामा र प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीलाई शुन्य बनाइएपछि त्यस पार्टी भित्र पनि असन्तुष्टि देखिएको छ । पार्टीका युवा नेता दिपक जीएम, ऋषी पोखरेल लगायतका नेताहरुले सामाजिक सञ्जालमा आफ्नो असहमती पोष्ट गरिरहेका छन् ।

उम्मेदवारु दर्ता अघि बिद्रोह गर्ने घोषणा गरेका कांग्रेसका युवा नेता तथा पूर्व पत्रकार श्रीराम सिग्देलले बिद्रोहलाई स्थगन गर्दै पार्टीमा सक्रिय भएको घोषणा गरेका छन् । उम्मेदवारीमा सभापति देउवाले कोईराला समूहलाई शुन्यमा झारेपनि कोईराला खेमाकै जिल्ला नेतृत्व भएको बाँकेमा असन्तुष्टि सतहमा देखिएको छैन । शुन्य सिट पाएर पनि क्षेत्र नम्बर २ मा मौन बसेका शेखर समुहका कांग्रेसहरुले निर्वाचनमा धवल सम्शेरलाई मतदान गरे अचम्म मान्नु पर्दैन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : ४२ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना