८ पुस २०८२, मंगलबार | December 24, 2025

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

स्वतन्त्र भनिएका डा.निकोलसको पनि मनोनयन खारेज, एमाले उपाध्यक्ष पौडेललाई बन्यो चुनाव सहज



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको मनोनयन खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्धको उजुरीको छानवीन पछि उम्मेदवारी खारेज गरेको हो ।

निर्वाचन ऐन को दफा १३ (ज) र प्रतिनिधि तथा प्रदेशससभा निर्वाचन निर्देशिकाको दफा १६(ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल (डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।

आयोगले राती प्रकाशन गरेको सूचनामा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को (ङ) बमोजिम उम्मेदवार हुन योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ५७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना