९ कार्तिक २०८३, सोमबार | October 26, 2026

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टीको कार्यालय जस्तो भयो : समाजवादी नेता गुरुङ



बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गरेका छन् । गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन । गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदारी दिए पनि उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिबार बुटवलमा आयोना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् । रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका बिष्णु पौडेल एकल रुपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्यासित रुपमा उजुरी परेको उनले उल्लेख गरे । आफू जस्तै मुलुकभर १५२ जना उम्मेदवारको कम्पनी कालो सूचिमा भएपनि उनीहरु उम्मेदवारी खारेज नभई आफ्नो मात्र भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापालाई समर्थन गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : २५ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना