२९ पुस २०८२, मंगलबार | January 14, 2026

लमजुङमा दशैँमा १ सय ९४ वटा सवारी कारबाहीमा



लमजुङ । नेपालीहरुको महान चाड दशैँको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् । फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् ।

सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । उक्त अवधीमा १९ वटा ट्रक/टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७ वटा बस कारबाहीबाट ४ हजार, ५० वटा कारजिप कारबाहीबाट ३१ हजार राजस्व संकलन भएको छ ।

९ वटा ट्याक्टर कारबाहीबाट ६ हजार, ९६ वटा मोटरसाइकल कारबाहीबाट ६४ हजार ५०० रुपियाँ, १३ वटा अन्य सवारी कारबाहीबाट ७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार असोज १६ गते फुलपातीको दिन २५ वटा सवारी कारबाहीमा परेको छ । १६ हजार राजस्व संकलन भएको छ । असोज १७ गते २० वटा सवारी कारबाहीबाट १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । असोज १८ गते २७ वटा सवारी कारबाहीबाट १८ हजार, असोज १९ गते २५ वटा सवारी कारबाहीबाट १७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

असोज २० गते २९ वटा सवारी कारबाहीबाट १८ हजार ५००, असोज २१ गते २४ सवारी कारबाहीबाट १६ हजार ५००, असोज २२ गते २१ सवारी कारबाहीबाट १२ हजार रुपियाँ, असोज २३ गते २३ वटा सवारी कारबाहीबाट १३ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २० बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत