११ असार २०८३, बिहिबार | June 25, 2026

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था



नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो ।

नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० गते राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तनलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सो संस्थाका महासचिव भागीराम ओलीले जानकारी दिए । उनका अनुसार, माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्त्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिनेछ । “यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्नेछ”, मकर स्नानलाई भव्यता दिन आवश्यक संयोजन गरिरहेका नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले भने ।

माघीमा मकर स्नान हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जनआस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकर स्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवद्र्धन गर्नुरहेको उनको भनाइ छ ।

स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्यसमेत लिएको जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ४८ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान