झापा । झापाको कन्काई नगरपालिका-३ कोटिहोम जंगलमा आज मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका-४ बस्ने ५३ वर्षिय नागेन्द्र प्रसाद कोईराला रहेका छन् ।
दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।


















प्रतिक्रिया