२९ पुस २०८२, मंगलबार | January 14, 2026

भक्तपुरमा खाद्य पसल अनुगमन



भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो ।

अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस हजार रुपैंया बराबरको समान नष्ट गरेको संयोजक गोराले बताए ।

अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्री वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न संवन्धितलाई निर्देशन दिईएको छ । अनुगमनमा परेका पसलहरुलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीषक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४६ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत