२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही २ : उम्मेदवारी खारेज भएका गुरुङको सुनवाई आज हुँदै



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ ।

आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन् ।

लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् । सोही मुद्धामा सर्वोच्चले आज सुनवाई गर्न लागेको हो ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ५२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती