७ पुस २०८२, सोमबार | December 22, 2025

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध



काठमाडौं । नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।

यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु-२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए ।

गत वर्ष नेपाली यु-२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ५२ बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा