२० माघ २०८२, मंगलबार | February 3, 2026

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित, आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशीलतामा जोड



काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।

बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले बताए ।

कार्यसम्पादन समितिको बैठकमा नेताहरुबाट आएको संशोधनहरुलाई समेटेर एक साता भित्र सार्वजनिक गर्ने प्रवक्ता परियारले बताए । नेताहरुले आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिन समितिलाई आग्रह गरेका थिए ।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो । अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ४९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि