११ भदौ २०८३, बिहिबार | August 28, 2026

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित



काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाकारण उक्त कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय भएको थियो।

निर्वाचन आयोगले फागुन ४ गतेसम्म उम्मेदवारहरूले प्रचारप्रसार, सभा–जुलुस गर्न नपाउने स्पष्ट गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै आचारसंहिता लागू गरिएको थियो। मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो।

मधेस सभाको नयाँ मिति पार्टीभित्र छलफलपछि तय गरिने बताइएको छ ।

कांग्रेस सभापति गगन थापा मधेशकै सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १० : ४६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि