३० पुस २०८२, बुधबार | January 14, 2026

निर्वाचनको स्वच्छतालाई नखल्बल्याउन प्रमुख आयुक्त थपलियाको आग्रह



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेकाले आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न आग्रह गरेका छन ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि सञ्चालनमा ल्याएको निर्वाचन इ-बुलेटिन र कल सेन्टरको शुभारम्भ कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोग आफ्नो संवैधानिक दायित्व, प्रेस स्वतन्त्राको हक र सम्बन्धित निकायको जिम्मेवारीप्रति आफूहरू स्पष्ट रहेको बताए । उनले सञ्चारमाध्यमका अन्तर्राष्ट्रिय मूल्य र मान्यताप्रति आयोगले सधैँ सम्मान गर्ने र आयोगका औपचारिक दस्तावेजमा निर्वाचनको वातावरण र यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आम सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट उल्लेख गरिएको स्मरण गराए ।

“आयोगका बारेमा कतिपय मिथ्या सूचना आएकामा हामी गम्भीर भएका छौँ”, प्रमुख आयुक्त थपलियाले भने, “हामी कसैको निगरानी गर्दैनौँ । हामी सञ्चारमाध्यमलाई हाम्रो पनि निगरानी गरिदिन आग्रह गर्दछौँ तर सानातिना विषयलाई विवादमा ल्याएर निर्वाचनको स्वच्छतालाई खल्बल्याउन सक्छु भन्ने कसैले सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ । असल प्रयत्नलाई गलतरूपमा नबुझ्न म आग्रह गर्दछु ।”

उनले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ बमोजिम काउन्सिलले गहनतापूर्वक पत्रकार आचारसंहिताको अनुगमन गरोस् र त्यसबारे आयोगलाई जानकारी गराओस् भनेर आज निर्देशन दिने निर्णय भएको पनि स्पष्ट गरे । प्रमुख आयुक्त थपलियाले काउन्सिल सशक्त होस् र पत्रकार आचारसंहिताबमोजिम सञ्चारमाध्यमलाई स्वनियमन र स्वमूल्याङ्कन गराउन काउन्सिलले पहल गरोस् भन्ने आयोगको चाहना रहेको पनि अवगत गराए । स्वनियमन र स्वमूल्याङ्कनलाई प्रभावकारी बनाउँदा सञ्चारमाध्यमलाई कसैले निर्देशन दिइरहनु वा उसमाथि अनुगमन गरिरहनु नपर्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ४१ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत