३० पुस २०८२, बुधबार | January 14, 2026

नगरपालिकामा स्तनपान कक्ष स्थापना



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको थियो”, नगरप्रमुख अधिकारीले भने, “स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउँछ ।” नगरपालिकामा सेवा लिन आउने आमाहरुले सार्वजनिक रुपमा आफ्ना बालबालीकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि नगरपालिकाले स्तनपान कक्ष निर्माण गरेको अधिकारीको भनाइ छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको स्तनपान कक्षले शिशुसहित सेवा लिन आमालाई सहज गराउने अधिकारीको भनाइ छ । नगरपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शय्या, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ३१ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत