बझाङ । केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
शनिबार बिहानैदेखि जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार नजिकै पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
सडक अवरुद्ध हुँदा सदरमुकाम चैनपुरबाट छुटेका र चैनपुर आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको भण्डारीले बताए । उनका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरिएको छ ।


















प्रतिक्रिया