३० पुस २०८२, बुधबार | January 14, 2026

निर्वाचन आयोगले सोध्यो सहरी विकासमन्त्री चौधरीलाई चौबिस घण्टे स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई चौlबस घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज उनलाई स्पष्टीकरण सोधेको हो ।

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गर्न सक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी आफै राहात वितरण गर्नुपर्नाको कारण पनि पनि आयोगले उनीसँग मागेको छ ।

‘तपाईं (मन्त्री चौधरी)बाट निर्वाचन आचारसहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ?,’ आयोगले सोधेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : १७ बजे

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, किन भैरहेको छ दैनिक वृद्धि ?

काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको

सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदै, विशेष महाधिवेशन पक्ष भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा तीव्र बनेको आन्तरिक विवादका

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८०

पाल्पाको जोर्तेमा टिपर दुर्घटना, एकजनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद