७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास



काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि त्रिपक्षीय वार्ता पुनः सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर वार्ता टोलीका सदस्य देवराज चालिसेका अनुसार केहीबेरमै वार्ता प्रारम्भ हुने तयारी गरिएको छ ।

आजको वार्तामा मंगलबारको छलफलमा सहमति जुट्न नसकेका प्रमुख विषयहरूमा केन्द्रित रहेर समाधान खोजिने छ । विशेष गरी सभापति शेरबहादुर देउवाको भूमिकासम्बन्धी विषयहरू वार्ताको मुख्य एजेन्डा बन्ने भएका छन् ।

वार्ता टोलीका सदस्यहरूका अनुसार देउवाले उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्ने व्यवस्था, देउवाले आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने तथा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा अझै सहमति जुट्न बाँकी छ । तीमध्ये टिकटमा हस्ताक्षर गर्ने अधिकार छोड्न देउवाको तर्फबाट केही सकारात्मक संकेत देखिएको वार्ता टोलीले जनाएको छ ।

तर, नियमित महाधिवेशन नपुग्दै अहिले नै पदबाट राजीनामा दिएर नेतृत्व छोड्ने प्रस्ताव भने प्रमुख असहमतिको विषयका रूपमा कायम रहेको छ । यही विषयमा देउवा पक्ष र विशेष महाधिवेशन पक्षबीच दूरी देखिएको बताइएको छ ।

विशेष महाधिवेशनको कार्यतालिका अनुसार आज उम्मेदवारी मनोनयनको कार्यक्रम तय भएकाले वार्ताको निष्कर्ष निकै निर्णायक हुने अपेक्षा गरिएको छ । सहमति जुटे महाधिवेशन सहमतिमै अघि बढ्नेछ भने सहमति असफल भए निर्वाचन प्रक्रियाअनुसार नेतृत्व चयन हुने सम्भावना बलियो बन्दै गएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज