२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

शेख रसेल कप चेसमा नेपालको दोस्रो हार



काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्राे हार व्यहोरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ ।

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए । तेस्राे बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए ।

पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । त्यसैगरी दोस्राे बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए ।

चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ । समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेश्रो तथा चौथो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन् । पाचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितिय सम्भावना कायम नै रहेको छ । च्याम्पियनशीपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शिर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।

सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सुपर लिगमा प्रवेश गर्न नसकेपनि समग्रमा चौथो हुने टोलिले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ०७ बजे

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)