७ पुस २०८२, सोमबार | December 22, 2025

शेख रसेल कप चेसमा नेपालको दोस्रो हार



काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्राे हार व्यहोरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ ।

चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए । तेस्राे बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए ।

पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । त्यसैगरी दोस्राे बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए ।

चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ । समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेश्रो तथा चौथो स्थानमा रहेका छन् ।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन् । पाचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितिय सम्भावना कायम नै रहेको छ । च्याम्पियनशीपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शिर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।

सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सुपर लिगमा प्रवेश गर्न नसकेपनि समग्रमा चौथो हुने टोलिले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ०७ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम