१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लमजुङ प्रदेशसभा ‘क’ जमिन्द्र टकराज फेरि आमनेसामने, प्रतिष्पर्धा रोचक बन्दै



लमजुङ । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् ।

चुनावी माहोल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले प्रतिष्पर्धा गर्दैछन् ।

प्रदेश ‘क’ मा नेपाली कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङ र एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घलेबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेल र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुनेछ ।

संघीय निर्वाचन र प्रदेश ख मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश क का उम्मेद्वारद्वय घले र गुरुङ बीच अहिले दोस्रोपटक प्रतिष्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८ सय ९२ को झिनो मतान्तरले बिजयी भएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचन भने भारी हुनसक्ने आँकलन छ ।

२०७९ मा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धनमा लमजुङमा अगाडि रहेको देखाउँछ भने प्रदेशसभा ‘क’ मा गठबन्धनको मत धेरै अगाडि देखिन्छ ।

कुल ३६ वटा वडा रहेको लमजुङ प्रदेश सभा ‘क’ मा काँग्रेस र माओवादीका केही स्वतन्त्र उम्मेद्वारको मत समेत गन्दा गठबन्धनले पाएको मत २१ हजार ३०९ रहेको छ भने नेकपा एमालेबाट उठेका वडाअध्यक्षहरुको मत १८ हजार ४४६ रहेको छ । वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन २ हजार ८ सय ६३ मतले अगाडि छ ।

त्यस्तै पालिका ४ वटा पालिकाका प्रमुखको मतलाई आधारमान्दा पनि गठबन्धनको १७ हजार ९११ मत छ भने एमालेको १७ हजार १३६ मत रहेको छ । यसलाई आधार मान्दा गठबन्धन ७७५ मतले अगाडि देखिन्छ ।

त्यस्तै ४ वटै पालिकाका उपप्रमुखले पाएको मतलाई आधार मान्दा पनि गठबन्धन अगाडि देखिन्छ । गठबन्धनका उपमेयर÷उपाध्यक्ष पदका उम्मेद्वारले १७ हजार ६० मत पाएका थिए भने एमालेका उपमेयर/उपाध्यक्ष पदका उम्मेद्वारले १४ हजार ९४४ मत पाएका थिए । उपाध्यक्षको मतको आधारबाट हेर्दा पनि गठबन्धन २ हजार ११६ मतले अगाडि देखिन्छ ।

४ पालिकाका ८ जना प्रमुख/उपप्रमुख मध्य गठबन्धनबाट ५ जनाले जितेका छन भने एमालेबाट ३ जनाले जितेका छन् । कुल ३६ वटा वडामध्ये गठबन्धनको तर्फबाट २१ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् भने एमालेको तर्फबाट १५ जना वडाअध्यक्षले निर्वाचन जितेका छन् ।

जनताको अभिमतमा एकपटक परिक्षित भईसकेका जमिन्द्रमान र यसपटक परिक्षण हुने जमर्को गरीरहेका डा.टकराज गुरुङ मध्ये कस्ले मार्ला बाजी ? त्यसलाई हेर्नभने मंसिर ४ नै कुर्नपर्नेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : २३ बजे

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा