१७ श्रावण २०८३, आइतबार | August 3, 2026

दुधपोखरीमा पहिरोका कारण २८ घर उच्च जोखिमा २ घर भत्कियो



लमजुङ । लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।

शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित  सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए ।

वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका  कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।

त्यसैगरी दुधपोखरीको वडा नंं. १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा  उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा नं. १ का वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् । ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालय नै बन्द गरीएको स्थानियको भनाई छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ४२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले