२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बैंकको ब्याजदर घटाउन र किस्ता–व्याज बुझाउने समयावधि थप गर्न माग



बुटवल । रुपन्देहीका उद्योग वाणिज्य संघहरुले बैंक तथा वित्तीय संस्थाहरुले बृद्धि गरेको व्याजदर घटाउन तथा असोज मसान्त सम्ममा तिर्नुपर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्न माग गरेका छन् ।

रुपन्देहीमा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघले आईतबार संयुक्त विज्ञप्ती जारी गरी कोभिड–१९ महामारीसंगै कर्जामा तरलता अभावले मार खेपिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत दिनुको साटो चर्को व्याजदर थोपरेर बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै एकल विन्दुमा व्याजदर कायम गर्न माग गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी (माधव) भण्डारी, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी र सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा बढ्दो व्याजदरका कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा व्याजदर कायम गर्नुपर्ने, उद्योगी व्यवसायीहरुले असोज मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता तथा व्याज बुझाउने समयावधी थप गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको व्याजदर कम्तिमा १ वर्षसम्म ऋणीको सहमति विना बढाउन नपाईने, चालु पँुजीको नियम तत्कालै लागु गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न माग गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गरेको नीजि क्षेत्रलाई राहत दिई आर्थिक गतिबिधिलाई अझै बढी चलायमान बनाउनु पर्नेमा बैंक तथा वित्तीय संस्थाहरुले गरेको व्याजदरको चरम बृद्धिले सञ्चालन भईरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिती आएको र नयाँ लगानीलाई समेत निरुत्साहित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायीहरुले थेग्नै नसक्ने गरी भएको व्याजदरको बृद्धिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकलाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुको बिनम्रतालाई गम्भिरतापूर्वक लिन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : ३४ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज