२१ भदौ २०८३, आइतबार | September 7, 2026

अघोषित ‘नाकाबन्दी’को मारमा माथिल्लो कर्णालीवासी



जुम्ला । माथिल्लो कर्णाली क्षेत्र यतिवेला अघोषित ‘नाकाबन्दी’को मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायूसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला विदेशी पर्यटक बाेक्न पुर्वतिर गएपछि माथिल्लो कर्णालीले अघोषित नाकाबन्दीको मार खोप्नु परेको हो ।

उडान हुँदा पनि यहाँका बासिन्दा दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य छन् । नियमित उडान नभएका कारण यहाँकाे विमानस्थलमा एक सातादेखि यात्रुहरू थुप्रिएका छन् । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलन भइरहेका छन् । तर, जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले सेडुअल घटाएकाे मात्रै छैन सेडुअलअनुसार समेत चलेकाे छैन ।

उडान सहज बनाउन पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भण्डारी, अर्थममन्त्रीका सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटन मन्त्रीलाई औपचारिक रुपमा ज्ञापन पत्र बुझाएको हो ।

सरकारले जुम्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशिल परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरू भने संवेदनहीन बनेका छन् । जुम्लासहित माथिल्लो कर्णालीका नागरिकको समस्यालाई मध्यनजर गर्दै संविधानसभा सदस्य तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे ध्यानाकर्षण गरेका छन् ।उनले अविरल बर्षाका कारण जुम्ला, कालिकोट, मुगुहुम्ला लगायतका कर्णाली प्रदेशका बासिन्दा अघोषित नाकाबन्दीको मारमा परेकाे बताए ।

समस्या समाधान गर्ने नागरिक उड्यन मन्त्री श्रेष्ठकाे प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ज्ञापनपत्र बुझ्दै माथिल्लो कर्णालीले भोगेको सास्तीको बारेमा जानकार रहेको बताए । उनले भने, ‘निजी ययरलाइन्सलाई बोलायर उडान बढाउने पहल गर्छु ।’ उनले नेपाल एयरलाइन्सले समेत उडान थप्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : ५९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त