३० पुस २०८२, बुधबार | January 14, 2026

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु



झापा । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बिर्तामोड-२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

मत्यु हुनेमा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक बाह्रदशी-२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-६ का ४३ को भोलाराज भुजेल छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । घाइते आमा-छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : १६ बजे

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै

कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति पदका

उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान स्थगित

भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध