४ पुस २०८२, शुक्रबार | December 20, 2025

एथलेटिक्सः सोमलाई कीर्तिमानी स्वर्ण



काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।

एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८ औं स्वर्ण पदक हो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १० : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको