३० पुस २०८२, बुधबार | January 14, 2026

सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी



काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो ।

उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ३८ बजे

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै