२३ बैशाख २०८३, बुधबार | May 6, 2026

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ



काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई एसएमएस पठाउने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।

नेपाल टेलिकमको गेट वे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा यसरी उनले म्यासेज गरेको प्रहरीले बताएको छ । सेँढाईले ५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । प्रहरीका अनुसार सेँढाईले मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाउने गरेका थिए ।

यसरी म्यासेज गर्न उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । उनले म्यासेज पठाएर जनतालाई आतङ्कित पारेको प्रहरीको आरोप छ । सेढाईंले पठाएको म्यासेजमा भनिएको थियो, ‘नेपालका सबै समस्याहरूको सँधैका लागी मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा गर्न चाहन्छु ।’

सेढाईंले पुस ३० गते १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेका थिए । निषेधित क्षेत्रमा अनिश्चित कालको लागि उपस्थित हुन आग्रह गरेका उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिने एसपी आचार्यले बताए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : १५ बजे

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको