काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।
स्वास्थ्यमा समस्या आएपछि दाहाललाई ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । उनलाई आइसीयूमा उपचार भइरहेको छ ।
दाहाल लामो समयदेखि प्रोग्रेसिभ सप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित छिन् ।
उनको नियमित स्वास्थ्य परीक्षण भएपनि चिकित्सकको सुझावअनुसार आज अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।


















प्रतिक्रिया