२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्ष कैद सजाँय माग गर्दै प्रहरीको अनुसन्धान प्रतिवेदन तयार



काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जाहेरी परेको करिब डेढ महिनापछि आइतबार प्रहरी वृत्त गौशालाले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिबेदनमा आरोपित लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २ सय १९ बमोजिम १० देखि १२ वर्षसम्म कैद र पीडितलाई ‘यथोचित क्षतिपूर्ति’ भराउन मागदाबी गरिएको छ ।

अनुसन्धानका आधारमा पीडितको उमेर नाबालिग रहेको खुलेको भन्दै प्रहरीले आरोपितलाई सोहीअनुसार कारबाही हुनुपर्ने निष्कर्ष पनि निकालेको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरी प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायरबारे प्रक्रिया थालिने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ५८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात