५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ



नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी सुजना बुढा मगर मृत्यु प्रकरणका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरी पछि फरार रहेका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृत्यु प्रकरणमा मुख्य आरोपित आरिफ ढपालीका पिता ५० वर्षिय रहमद ढपाली र भाई २१ वर्षिय आदिल ढपाली रहेका छन् । यसअघि नै मृत्यु प्रकरणका मुख्य आरोपित मृतक सृजनाका प्रेमी आरिफसहित उनका आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चैत्र १४ गते राती ११ः३५ बजेको समयमा नेपालगन्ज १२ स्थित कोरियनपुरको सडकमा जलेको अवस्थामा सृजना फेला परेकी थिइन् । उनलाई भेरी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु नभई हत्या भएको भन्दै सृजनाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिनुका साथै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

मृत्यु हुनुअघि मृतक सृजना प्रेम सम्बन्धमा रहेका आरिफसँग लिभिङ टुगेडरमा नेपालगन्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ५८ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११