५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ



नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी सुजना बुढा मगर मृत्यु प्रकरणका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरी पछि फरार रहेका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृत्यु प्रकरणमा मुख्य आरोपित आरिफ ढपालीका पिता ५० वर्षिय रहमद ढपाली र भाई २१ वर्षिय आदिल ढपाली रहेका छन् । यसअघि नै मृत्यु प्रकरणका मुख्य आरोपित मृतक सृजनाका प्रेमी आरिफसहित उनका आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चैत्र १४ गते राती ११ः३५ बजेको समयमा नेपालगन्ज १२ स्थित कोरियनपुरको सडकमा जलेको अवस्थामा सृजना फेला परेकी थिइन् । उनलाई भेरी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु नभई हत्या भएको भन्दै सृजनाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिनुका साथै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

मृत्यु हुनुअघि मृतक सृजना प्रेम सम्बन्धमा रहेका आरिफसँग लिभिङ टुगेडरमा नेपालगन्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ५८ बजे

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा